दार्चुला : मंगलबार (आज) बिहान दार्चुलामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ४८ मिनेटमा दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केकलको भूकम्प गएको हो । दार्चुलाको सुनसेरा आसपास गएको भूकम्पको धक्का छिमेकी जिम्ला र भारतमासमेत महसुस गरिएको थियो ।