काठमाण्डौं : सुनको मूल्य मंगलबार फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
- 55Shares

- 55Shares