नयाँदिल्ली : बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छन् । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्वीट गर्दै अनुष्काले छोरी जन्माएको र आफू पिता बनेको जानकारी दिएका छन् ।

केही दिनयता एक ज्योतिसले उनीहरुको घरमा छोरीको जन्म हुने भविष्यवाणी गरेका थिए । त्यो भविष्यवाणीको पनि निकै चर्चा भएको थियो । अन्ततः अनुष्का र विराटको छोरी जन्मिएपछि भविष्यवाणी मिलेको भन्दै ज्योतिषको चर्चा पनि बढेको छ ।