काठमाण्डौँ : पछिल्लो २४ घण्टामा देशभर ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा ४८८ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५८ हजार ९६८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना मुक्त भएका छन् भने १० संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९२७ पुगेको छ । सोमबार सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको रहेको छ।