काठमाण्डौँ : काठमाडौंमा सोमवार (आज) भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर आसपास रहेको छ । कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको बुझिएको छ ।