काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा  पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका छन् ।