कञ्चनपुर : सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार ८७ नमूना परीक्षण गर्दा कञ्चनपुरका ३ जनासहित सुदूरपश्चिममा थप ५ जना संक्रमित थपिएका छन् । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका २ जना र कृष्णपुर नगरपालिका १ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए । यस्तै  कैलालीको घोडाघोडी नगरपालिकाका १ जना, गोदावरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।