काठमाण्डौँ : चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको हो ।