काठमाण्डौं : प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक एक हजार ५०१ सदस्यीय रहेको प्रष्ट्याएका छन्।

नेकपाको अन्तरिम विधान संशोधन गरेर केन्द्रीय कमिटी एक हजार ५०१ को पुर्‍याइएको उनले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि पुस ७ देखि ९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले मनोनीत केन्द्रीय कमिटीका सदस्यहरूलाई अनुमोदन गर्ने निर्णय गरेको थियो ।

नेकपा एकता हुँदा ४४१ सदस्यीय कमिटीको थियो, त्यसमा चारजना पछि थपिएका थिए । तीनजनाको मृत्यु भएको थियो । आठजना राजकीय जिम्मेवारीमा छन् । ९ पुसमा सम्पन्न भएको बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या एक हजार १९९ सदस्यीय पुर्‍याउने निर्णय गरेको जानकारी दिइएको थियो ।