कैलाली : कैलालीमा थप एक जाना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उप-महानगरपालिकाको ३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार राती उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनी एक साता पहिले अस्पताल भर्ना भएका थिए । योसँगै सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।