काठमाण्डौँ : भारतको एक अस्पतालमा शनिबार आगलागी हुँदा १० शिशुको मृत्यु भएको छ । जसमध्ये केही शिशुहरु केही दिनका मात्र थिए । महाराष्ट्रको बन्दरा जिल्ला अस्पतालमा आगलागीपछि सात शिशुको भने उद्धार गरिएको थियो ।

अहिलेसम्म के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । प्रहरीले यो घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । अस्पतालमा सर्टसर्किटको कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको स्थानीय अधिकारीहरुले बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई हृदय विदारक घटना भएको बताएका छन् । उनले यो घटनामा घाइते भएकाहरुको पनि शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।