काठमाण्डौँ : पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा २५९ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५८ हजार ४१४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५१३ जना कोरोनामुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९१७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको रहेको छ ।