काठमाण्डौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।

 मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ९३ को २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चालू अधिवेशन पुष २६ गते आइतबारको दिन राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए । चारवटा बैठक ७ घण्टा मात्रै बसेका थिए । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन गरिएको थियो ।