कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले आइतबार ‘बयलगाडा र्‍याली’ निकालेको छ । 

नेकपाको प्रचण्ड–माधव समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले आइतबार धनगढीमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकबाट शुरु भएको बयलगाडा र्‍याली पार्कमोड पुगेर कोणसभामा भएको बताइएको छ ।