काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलोस् भनेर प्रयास गरें तर सकिएन भनेर बताएका छन् । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकलाई सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको औचित्यका बारेमा प्रकाश पार्ने काम गरिरहेका छन् । ‘हामीले सोचेका थियौं– प्रतिनिधिसभा ५ वर्ष चल्ने छ । प्रतिनिधिसभाले आफूलाई लगातार देश र जनताको सेवामा संविधानको रक्षा र कार्यान्वयनको रक्षा गर्ने सन्दर्भमा विना व्यवधान काम गर्न पाउने छ,’ उनले भने,‘त्यसरी काम गरेर अगाडि जाने छौं भन्ने सोचेका थियौं। मैले पनि त्यही सोचेको थिएँ ।

नेपाली जनताले विश्वासका साथ जुन अभिभारा सुम्पिएका थिए, त्यसलाई कर्तव्यनिष्ठ, संविधानत, सरकार अघि बढिरहेको थियो । तर, सरकारलाई काम गर्न दिने वातावरण बनेन, सरकारलाई काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्र सिर्जना गर्ने, केही व्यक्तिका व्यक्तिगत आकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई असर पर्ने खालको गतिविधि भयो।’‘उनले भने,‘ मैले धेरै प्रयास र कोशिस गरेँ, भरसक ५ वर्ष सरकार टिकोस् स्थिरता र स्थायित्व होस् भनेर तर सकिएन।’