काठमाण्डौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतभन्दा ठूलो जनता भएको बताएका छन् ।

शनिबारप्रतिनिधि सभा विघटन विरुद्धमा कांग्रेसले काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सदर गरेमा अदालतको आदेशलाई सम्मान गर्दै चुनावमा जाने बताए ।

‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो । त्यो कसैले भुल्न हुँदैन । कांग्रेस जनतामा जान डराउँदैन र अहिले जनतामा जाँदा के बिग्रन्छ  र ?’ देउवाले भने । प्रतिनिधि सभा विघटनको विषयमा सडकमा जुलुस र धर्ना गर्न नमिल्ने देउवाले बताए । संसद विघटन संविधान विरोधी कदम भए पनि यो अदालतमा विचाराधिन रहेकाले त्यस्तो गर्न नमिल्ने देउवाको भनाइ छ ।