काठमाण्डौँ : आइतबार सुनको मूल्य एकैदिनमा २३ सयले घटेको छ । शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आज घटेर ९३ हजारमा कायम भएको हो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहको छ ।