काठमाण्डौं : नेकपा प्रचण्ड-नेपाल समूह ताप्लेजुङले प्रधानमन्त्री केपी ओलीलाई संविधानको एक प्रति पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो । संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने मागसहित संविधान पठाइएको हो । ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै अध्ययनका लागि संविधानको पुस्तक पठाइएको जिल्ला सदस्य प्रजिन हाङवाङले बताए । नेकपा अध्यक्षसमेत रहेका ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा १, २, ३, ४, ५, ६ र ७ अध्ययन गर्न प्रचण्ड–नेपाल समुहको आग्रह छ ।