धनगढी : धनगढीस्थित खुुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरुले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । ‘निर्मला पन्तको बलात्कारी खै ?’ र ‘निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर युवाहरु प्रधानमन्त्री ओली सहभागी कार्यक्रमस्थल पसेका थिए । त्यसपछि सशस्त्र प्रहरीले ६ जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयकाे जिम्मा लगाएको हो ।