कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आजभन्दा ५० वर्ष अघि नै गणतन्त्रका लागि रोडमा उफ्रेको बताएका छन् । 

शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफु ५० बर्षअघि नै गणतन्त्रका लागि लडेको बताएका हुन् । ‘५० वर्ष अघि गणतन्त्रका लागि रोडमा उफ्रने मै हो । त्यसक्रममा १४ वर्ष जेल नै बसेको छु’, ओलीको भनाई छ ।