कञ्चनपुर : सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार १ सय ६४ नमूना परीक्षण गर्दा कञ्चनपुरका ८ जनासहित सुदूरपश्चिममा थप १५ जना संक्रमित थपिएका छन् । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका  र दोधाराचाँदनी नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै कैलालीमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढी उप–महानगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना संक्रमण पुष्टि भएको छ ।