कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी आइपुगेका छन् । नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यकाबाहिरको आमसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् । 

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी विमानस्थलमा पुगेनन् । नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएकोले स्वागतका लागि मुख्यमन्त्री नपुगेको बताइएको छ । मुख्यमन्त्री तथा मन्त्रीहरूलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीको स्वागतमा नगएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उनले गुटको भेला भएका कारण पनि जानकारी नगराइएको हुन सक्ने बताए ।