महेन्द्रनगर : जन्मदिनको अवसर पारेर कञ्चनपुरको महेन्द्रनगर स्थीत अञ्चल वाल अनाथालयलाई सहयोग गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ का दिवेश बमले जन्मदिनको अवसर पारेर अनाथवालवालिकालाई सहयोग हस्तान्तरण गरेका हुन । अनाथालयलाई दाल ,चामल,तरकारी र मिष्ठान हस्तान्तरण गरिएको हो । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा अनाथवालवालिकालाइृ सक्दो सहयोग गरेको जित वहादुर वमले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प नेपालका अध्यक्ष मदन चन्दले सहयोग भन्ने कुरो ठुलो सानो नहुने बताउदै सबैलाई सामाजिक उत्तरदायित्व बोध हुनुपर्ने बताए ।