धनगढि : प्रधानमन्त्री केपी शर्मा ओली धनगढि पुगेका छन् । शुक्रबार नेकपा ओली समूहले धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् । उनको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गराएपछि पहिलो पटक धनगढी आएका हुन् ।