काठमाण्डौँ : शुक्रबार (आज) दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६/७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेश्रो बैठक हो ।

बिहिबार पनि राष्ट्रिय सभाको बैठक बसेको थियो । उक्त बैठकमा अधिकांश संसदहरुले प्रतीनिधि सभा भंग गर्ने कार्य असंवैधानिक भएको भन्दै प्रधानमन्त्रिको आलेचना गरेका थिए ।