काठमाण्डौँ : शुक्रबार (आज) स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको छ । बिहिबार तोलामा ९५ हजार ४०० मा कारोवार भइरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३०० रुपैयामा कारोवार भइरहेको छ ।

यस्तै चाँदी भने स्थिर रहेको छ । प्रतितोला एक हजार ३४० मा बिहिबार कारोवार भएको चाँदी आज पनि प्रतितोला एक हजार ३४० मा कारोवार भइरहेको छ ।