कञ्चनपुर : सुदूरपश्चिममा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार १ सय ८० जानाको नमूना परीक्षण गर्दा कञ्चनपुरका १८ सहित सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको भीमदत्त नगरपालिकाका १० जना, बेलडांडी नगरपालिकाका ३ जना, बेदकोट नगरपालिकाका २ जाना, शुक्लफांटा नगरपालिका १ जाना, पुर्नवास नगरपालिकाका १ जाना ,दोधराचादनी नगरपालिकाका १ जानामा संक्रमण देखिएको जानकारी दिए ।

त्यस्तै कैलालीका १३ जानामा संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाका १० जना, गोदावरी नगरपालिका ३ जना, संक्रमण पुष्टि भएको छ ।