काठमाण्डौं : पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३२ जनाको कोरोना परीक्षण गर्दा ४ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ८२ र पुरुषको संख्या २ सय ३० छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय १२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ८३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ५ हजार ५८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ४२ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ०३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १९ लाख ६९ हजार २ जनाको ९२ पीसीआर परीक्षण भएको छ ।