महेन्द्रनगर : विपी कोइराला युवा नेतृत्व विकास मञ्च कञ्चनपुरले महेन्द्रनगरमा संसद विघटन विरुद्ध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध विपी कोइराला युवा नेतृत्व विकास मञ्चले महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्ध र लोकतान्त्रिक संविधानको पक्षमा ¥यालीसहित विरोध प्रदर्शन गरिएको विपी कोइराला युवा नेतृत्व विकास मञ्चका अध्यक्ष ईन्द्र साउदले बताए । “केपी ओली सरकारको असंम्वैधानीक कदमका विरुद्ध हामीले विरोध प्रर्दशन गरेका हौ ।” साउदले भने–“ओलीको दुई तिहाइ बहुमतको सरकारले जनमतको घोर अपमान गरेको छ ।” कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको ¥याली महेन्द्रनगर बजार परिक्रमा गरेको थियो ।