काठमाण्डौँ : चीनका एक उद्योगपति लाई शिओमिनलाई घुस लिएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

शिओमिन माथि सुनाइएको मृत्युदण्डको सजायलाई लिएर मानवअधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले शिओमिनलाई सो सजाय दोषभन्दा निकै ठूलो भएको उनीहरुको भनाई छ । लाई शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो ।

चिनियाँ अधिकारीका अनुसार लाई शिओमिनले ह्युआरोंग एसेट म्यानेजमेन्ट कम्पनीको अध्यक्ष हुँदा घुस लिएका थिए । उनले १० वर्षमा १.७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ । त्यतिबेला उनी नियामकका रूपमा पनि काम गरिरहेका थिए । अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ । उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए । लाई शिओमिनलाई सुनाइएको मृत्युदण्डको सजाय राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा भएको र सोही अनुसार कठोर सजाय सुनाएको बताइएको छ ।