काठमाण्डौँ : भारतमा कोरोनाविरुद्धको खोप आगामी साताबाट लगाइने भएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आगामी साताबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी पूरा भएको जनाएको छ । भारतमा जुलाईसम्ममा ३० करोड मानिसलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य छ । यसलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानसमेत भनिएको छ । स्वास्थ्य सचिव राजेश भूषणका अनुसार औषधि नियामकबाट आपत्कालीन प्रयोगको स्वीकृति पाएको १० दिनभित्र खोप लगाउन सुरु गरिनेछ । भारतीय औषधि नियामकले जनवरी ३ मा कोरोना भ्याक्सिनको आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । 

खोप भण्डारणका लागि सरकारले देशभरमा करिब २९ हजार कोल्ड स्टोर तयार गरेको छ। देशका १२५ जिल्लामा खोप लगाउनुपूर्व अभ्यास गरिसकिएको सचिव भूषणले बताए। उनले भनेका छन्, ‘खोप लगाउने विषयमा भारत सरकारको अन्तिम निर्णय आउन बाँकी छ।’ भारतीय औषधि नियामकले दुई खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनले विकसित गरेको कोभिसिल्डको उत्पादन पुणेको रिसम इन्स्टिच्युट फ इन्डियाले गरेको छ । यस्तै हैदरावादको कम्पनी भारत बायोटेकले कोभ्याक्सिन उत्पादन गरिरहेको छ। जसलाई कम्पनीले आईसीएमआरसँग मिलेर बताएको हो ।