काठमाण्डौं : पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलमा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलमा ३०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । 
यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार  भएको छ । 
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार  भएको छ ।