कञ्चनपुर : कञ्चनपुरमा पत्रकार हरिश जोशी माथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

पत्रकार महासंघ कञ्चनपुरका सदस्य तथा रेडियो धनगढीमा कार्यरत जोशी माथि कुटपिट गर्ने सुवास बम पक्राउ परेका छन् । उनलाई महेन्द्रनगर बजारबाट पक्राउ गरिएको हो । घटनापछि फरार रहेका बम मंगलबार दुई दिनपछि पक्राउ परेका हुन । उनीमाथि आइतवार करीब ५ः३० बजेको समयमा कुटपिट भएको थियो । 

शुक्लाफाँटा नगरपालिका बनशाह घर भई हाल भीमदत्त नगरपालिका ३ भाँसी जनज्योती चोक नजिकै डेरामा बस्दै आएका सुवाश बमले आइतवार करीब ५ः३० बजे तीर पत्रकार हरिश जोशी माथि कुटपिट गरेका थिए ।