कञ्चनपुर : कञ्चनपुरमा थप एक जाना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । 

कञ्चनपुरको भिमदत्त नगरपालिका –५ का ६० वर्षीय पुरुषको बाँकेस्थित नेपालगन्ज मेडकल कलेजमा मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या आएपछि पुष १७ गते अस्पताल भर्ना गरिएको थियो र सोहि दिनको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भई मंगलबार बिहान उनको मृत्यु भएको हो । यसका साथै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।