सर्लाही : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ ।

बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो । सोमबार राति हरिणलाई ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ ।

सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेकोजानकारी दिए । इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।