कञ्चनपुर : कञ्चनपुरमा एकजना महिलाको शुक्रबार बिहान दाउरा काट्ने क्रममा एक महिलाको मृत्यु मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं. ७ स्टेशनपुर निवासी अन्दाजी ३७ वर्षीया पार्वती कुँवरको काट्दै गरेको रुखले च्यापेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

कुँवर शुक्रबार बिहान दाउरा संकलन गर्न सोही वडाको वातावरण मध्यवर्ती सामुदायिक वनमा गएकी थिइन् । कुँवरका आफन्त प्रेम बहादुर धानुकले दिएको जानकारी अनुसार आज दाउरा काट्ने क्रममा रुखको हाँगा लागेर टाउकोमा गम्भिर चोट लागेकी उनको धनगढीको माया मेट्रो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।