बिकास सिंह महता / महेन्द्रनगर

विश्वव्यापी रुपमा फैलिएको महामारीले थला परेका बेलामा कञ्चनपुरको महेन्द्रनगरमा यू- १८ फुटबल प्रतियोगिता सुरु भएको छ।

बुधबार देखी महेन्द्रनगरको खुलामञ्चमा महेन्द्रनगर यू-१८ फुटबल युथ ग्रुपले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगिताको उद्धघाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सहायक महासचिव भीम बहादुर थापा,कञ्चनपुर जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष एवं एन्फा कञ्चनपुर प्रशिक्षक पुष्कर शाही ,कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य एवं कञ्चनपुर रेफ्री संघका सह-संयोजक पदम चन्द र नितेश रावल द्धारा सयुक्त रुपमा रेफ्री लाई बल हस्तान्तरण गर्नु भएको थियो।

प्रतियोगितामा कञ्चनपुरका विभिन्न पालिका ८ र आयोजकको २ टिम गरि १० वटा टिमको सहभागिता रहेको छ। च्याम्पियन हुने टिमले नगद १५ हजार प्रमाणपत्र ,मेडल र उपविजेताले ६ हजार प्रमाणपत्र ,मेडल हात पार्ने प्रतियोगिताका संयोजक सुनिल धामिले बताएका छन।
उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी ,उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोलरक्षक लाई समेत पुरस्कारको व्यवस्था रहेको छ।
भने प्रतियोगिता पुष १५ देखि १९ गते सम्म संचालन हुने,सम्पुर्ण खेल दुई समुहमा बिभाजन गरि नकाउट आधारमा संचालन हुने र खेलाडी १८ वर्ष मुनिका लाई मात्र सहभागी गराइने संयोजक धामिले बताए।

प्रतियोगिताको उद्धघाटन खेल भुजेला यू-१८ र महेन्द्रनगर -१८”बि” टिम बिच भएको रोमाञ्चक खेलमा भुजेलाले २-१ गोलले महेन्द्रनगर लाई हराउदै बिजय सुरुवात गरेको छ। उक्त खेलमा महेन्द्रनगरको तर्फबाट पहिलो हाफमा अरुण टमटाले पहिले गोल गर्दै त्यो लाई जोगाउन भने सकेनन् । यसरी दोस्रो हाफमा भुजेलाको तर्फबाट अरुण सुनारले २ गोल गर्दै आफ्नो टिमको लागि पहिलो जित दिलाएका छन् ।
पहिलो दिनको दोस्रो खेल ठन्डर एएफसी र सयुक्त युवा क्लब कृष्ण्पुर बिच भएको खेलमा सयुक्त युवा क्लबले ठुन्डर एएफसी लाई ३-० गोलले हराउदै जित दर्ता गरेको छ।
दोस्रो दिनको पहिलो खेल हटलाई यू-१८ र साउथपोन्ट यू-१८ बेलौरी नगरपालिका सिबनगर बिच दिउँसो १ बजे उक्त दिनको दोस्रो महेन्द्रनगर यू- १८ “ए” सेक्युरेट यू-१८ बिच दिउँसो २:३० बजे महेन्द्रनगरको खुलामञ्चमा संचालन हुने छन।