कञ्चनपुर : सुदूरपश्चिमका थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २ सय १० नमूना परीक्षण गर्दा कञ्चनपुरका १६ सहित सुदूरपश्चिमका थप ३९ जनामा संक्रमण पुष्टि भएको छ ।अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, कृष्णपुर नगरपालिकाका २ जना, कञ्चनपुरकै ठेगाना नखुलेका २ जना संक्रमण देखिएको जानकारी दिए ।

धनगढी उप–महानगरपालिकाका १७ जना, गोदावरी नगरपालिका २ जना, कैलारी गाउँपालिकाका २ जना ठेगाना नखुलेका १ जना र बर्दियाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ।