महेन्द्रनगर : श्री नं. २५ बाहिनी अड्डालले आयोजना गरेको मैत्रिपूर्ण बास्केटबलमा कञ्चनपुर टीम विजयी भएको छ ।
शुक्रबार भगतपुर ब्यारेकमा भएको श्री नं. २५ बाहिनी अड्डाको टीम र कञ्चनपुर बास्केटबल संघको टीम बिच भएको मैत्रिपूर्ण खेलमा ३८÷३४ स्कोरले कञ्चनपुर टीम विजयी भएको हो । नागरीक र सेनाबिचको सम्बन्ध अभिबृद्धीका लागि श्री नं. २५ बाहिनी अड्डाले कञ्चनपुर जिल्ला बास्केटबल संघ संग मैत्रिपूर्ण खेल सञ्चालन गरेको थियो । विजयी खेलाडीहरुलाई बधाई दिदै श्री नं.२५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी कृष्ण वहादुर जीसीले आगामी दिनमा समेत खेलमा सक्रियताका साथ लाग्न आग्रह गरे । नागरीक र सेनाबिचको सम्बन्ध अभिबृद्धीका सेनाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।