25.5 C
Mahendranagar

सुन्दरपश्चिम चिनाउने अभियान

  • 29
    Shares

सुदूरपश्चिमलाई प्रकृतिप्रेमीहरू सुन्दरपश्चिम भन्छन्। सुदूरपश्चिमका तालतलैया, हिमाल, चुचुरा, सांस्कृतिक तथा धार्मिक महत्वका क्षेत्रको छुट्टै पहिचान छ। भूगोलले देशको केन्द्रदेखि यो क्षेत्र जति सुदूर छ, त्योभन्दा कैयौं गुणा सुन्दर छ।

तर, अझै पनि यो क्षेत्र पर्यटनका हिसाबले मूलधारमा आउन सकेको छैन। यद्यपि, पछिल्लो समय यो क्षेत्रको पर्यटनबारे धेरथोर चर्चा हुन थालेको छ। पर्यटकहरू पुग्न थालेका छन्। ओझेलमा परेको पश्चिम नेपाललाई मूलधारमा ल्याउन निरन्तर कोशिश गरिरहेका पात्र हुन्, पत्रकार भरतबन्धु थापा। थापा क्यामेरा बोकेर कहिले खप्तडमा डुलिरहेका हुन्छन् भने कहिले रारा तालको मनमोहक दृश्यमा डुबुल्की मारिरहेका हुन्छन्।

कहिले डोल्पा पुगेर शे–फोक्सुन्डोको गहिराई नाप्छन् लेन्सहरूमा, कहिले शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जसँग मीत लाउन पुग्छन्। कहिले हिमाली जीवनसँग प्रित गाँस्छन्, कहिले थारु समुदायको घुँगी चाख्छन्। जहाँ पुग्छन्, उनी सोच्छन्– यो दृश्य मैले विश्वसामु पुर्‍याउनुपर्छ। 

लोभलाग्दा दृश्य क्यामेरामा कैद गर्दा निकै आनन्दानुभूति गर्ने उनलाई लाग्छ–मान्छेले प्रकृति चिनेकै छैनन्। सुन्दरता बुझेकै छैनन्।  २०५३ देखि फोटो खिच्न थालेका थापा कहिले काठमाडौंमा फोटो प्रदर्शनी गर्छन्, कहिले सुर्खेतमा। उनलाई कर्णालीवासीलाई नै पनि चिनाउनु छ कर्णालीको सुन्दरता। कर्णालीको भव्यता।  दैलेखको कट्टीमा जन्मिएका उनलाई आफ्नो क्षेत्र (पश्चिम नेपाल)को प्राकृतिक सुन्दरता खेर गइरहेकोमा पटक्कै चित्त बुझेको छैन। यसैले त उनले पश्चिम नेपाल चिनाउने विभिन्न पुस्तकहरू प्रकाशन गरेका छन्।

यसैको पछिल्लो संस्करण हो, एक्सप्लोर फार वेस्ट (द हिडन ट्रिजर अफ फार वेस्ट नेपाल)। यो उनको चौथो पुस्तक हो। यसमा उनले सुदूरका सबै पर्यटकीय क्षेत्रका बारेमा समेटेका छन्। यसअघि उनले पश्चिम नेपालका प्राकृतिक गन्तव्य, रहनसहन र जंगली–जीवनका फोटो संग्रहित तीन पुस्तकहरू प्रकाशित गरिसकेका छन्।  लामो समयदेखि पश्चिमको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएका थापाले पुस्तकमा ती क्षेत्रसम्म कसरी पुग्न सकिन्छ, तिनको महत्व के छ भन्नेबारेमा सम्पूर्ण जानकारी समावेश गरेका छन्।

“थारु संस्कृति, ऐतिहासिक तथा प्राकृतिक तालतलैया, हिमाल, चराचुरुंगी, पार्कका विषयका जानकारीसहित यी क्षेत्रमा कुन माध्यमबाट कसरी पुग्न सकिन्छ भन्ने पूर्ण जानकारी पुस्तकमा समेट्ने कोशिश गरेको छु”, थापा भन्छन्, “त्यहाँ पुग्नेहरूका लागि यो किताब सहयोगी बन्छ भन्ने विश्वास लिएको छु।” साभार हिमालखबरबाट

  • 29
    Shares

ताजा समाचार

नेपालले कार्बन व्यापारबाट ५ अर्ब आम्दानी गर्ने

सन् २०२४ भित्र नेपालले कार्बन व्यापारबाट ५ अर्ब रुपैयाँबराबरको आम्दानी गर्ने भएको छ ।नेपाल र विश्व बैंकबीचको कार्बन व्यापारसम्बन्धी उत्सर्जन न्यूनीकरण भुक्तानी...

सीडीओको ब्यापक हेरफेर

काठमाडौँ- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी-सीडिओको ब्यापक हेरफेर गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३६ जिल्लाका सिडिओ हेरफेर भएका छन्। पाल्पामा...

बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता

काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार (आज) दिउँसो ३ बजे...

प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि...

पूर्वमन्त्री जोशीको मस्तिष्कमा छरिएको रगत ड्रेन गरेर निकालियो

काठमाण्डौँ : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा नसार फुटेर छरिएको रगत ड्रेन गरेर निकालिएको छ । जोशीको मस्तिष्कको नशा फुटेर...