लौ!आजपनि अचाक्ली नै हुने भो !! हैन कहिलेसम्म हेर्नुपर्ने हो यी आँखाले नचाहेकै दृश्य, हरे राम ! राम!
ए कान्छी……उठ् न ए उठ् ; रामे साँइलाको घर जानुपर्ने भयो। तँ अलि पढेलिखेको मान्छे केही बोल्न मिल्थ्यो कि ? जायजै भएपनि हामी अपढितका कुरा त सुन्दैन यो पढेलेखेको जमातले !!
एकाबिहानै फुपूको यो हतासिदो आवाज र गुनासो मिश्रित वाक्यले सर्वाङ्ग मन मस्तिष्क शिथिल भयो । फेरि,शिथिल मस्तिष्कले कुनै विलम्ब नगरी गम्न थाले-मेरो छरछिमेक र उही परिवेश र तीन दिन अगाडिको माने काका र हर्के काका बिचको बीभत्स कुटपिट , अहो ! कतै हर्के काका………..झसङ्ग भए उहाँको घाउ र त्यो जटिल स्वास्थ्यावस्था सम्झेर……..
फेरि फुपू बर्बराएको आवाज सुनियो-सत्य युगमा सत्यता नै थियो,हर सम्बन्धको सम्मान हुन्थ्यो,,पवित्र मानिन्थे ती सम्बन्धहरू ; जुन सम्बन्ध अहिले होडबाजीमा उत्रिएका छन् । बुवाछोरा बिचमा लेनदेन, आमाछोरी बिच ऐँचोपैँचो भाइ भाइमा कुटाकुट हरे ! भगवान !! शक्तिवानको सत्ता-शक्तिहिनको दुर्…
फुपू ! के भयो फेरि । फुपूको एकोहोरो वार्ता नटुङ्गिदै एक्कासी सोधेँ ।
के भयो भनौं कान्छी , त्यहि त “जो सोझो उसैलाई घोचो”,बलिया र बाठाहरूको राज। भागबन्डाको निहुँ ल्याएर कुट्नु सम्म कुट्यो आफ्नो दाइलाई अनि रातोरात गएर हर्के आफैले दाजु रामेको नाउँमा पुलिसकेस गरेछ । साँइलाको घर ता पुलिसले घेरिसके। बिचरा रामे !! घाइते भा’छ,
न त पढेलेखेको छ -न केही बोल्न सक्छ ।अब लछारपछार गर्दै थुनामा लग्छन् है कान्छी 😢😢😢म त हेर्न पनि सक्दिनँ 😢😢 रुन थाल्नुभो फुपू ……
म सोच्न थाले रामे काका र हर्के काका त सहोदर भाइ पो त ; उफ !! फेरि पुलिसकेस।
लघुकथा – पुलिस केस
- 127Shares

- 127Shares