32.9 C
Mahendranagar

पटकन -(कविता)

रमेश पन्त “मीतबन्धु”

मेरा जिजु बाजेहरुले सम्याएकाे मेराे पटकन
जिजुमुमा अनि बजैहरुले लिपपोत गरेकाे मेराे पटकन
बुबा जन्मेको खुसीमा हाँसेकाे मेराे पटकन
अामा दुलही बनेर भित्र्याएको हर्षमा नाचेकाे मेराे पटकन
म नजन्मिदैकाे त्याे कालाे रातमा पडाैसिकाे परेड खेल्ने थलाे भएछ
लुछिएकाे कपाल र पुछिएकाे सिउँदाे देखाउँदै मेरी अामा बर्बरिँदा
भक्कानिएर उनका अाँखाबाट बगेकाे अश्रुभेल देख्दा
मन थाम्न सक्दिन म
मेराे दिलकाे धडकन
वालुवाटार बेचिदा पत्तो नपाउनेहरु
लिम्पियामाथि डाेजर चलेकाे बाह्र बर्षपछि
जनताहरुकाे चिच्याहट पछि थाहा भएर पनि बल्ल थाहा पाए जस्तो गर्ने हाम्रा अगुवाहरुले
ढिलै भए पनि कमसेकम नक्शा त काेर्याे
हाम्रा अगुवाहरुले
अब मेरी अामाका बलिनद्र अाँशुका धारा राेक्नु छ मैले
सबै मिलेर प्याराे छिमेकीको दादागिरी मेट्नुछ
बाजेको बल खेल्ने थलाे र अामाले नाँच्ने पटकन (अाँगन)
फिर्ता ल्याउन बाँकी छ
नडराएर नबिराएर
अगुवाहरुलाई झकझकाएर
मुठ्ठी कसेर, खुट्टा बलियो पारेर
डटेर लडाइँ लड्न बाँकी छ
मेराे पटकन सकुशल फिर्ता ल्याउन बाँकी छ
सिमा सार्नेकाे जराे उखेलेर
छिमेकीको चुरीफुरी मेट्न बाँकी छ
भाेलिकाे नेपालका बालबच्चाहरुकाे बल खेल्ने थलाे
मेराे पटकन मेराे दिलकाे धड्कन
अाब अफनाे बनाउन बाँकी छ
संघर्ष अविराम निरन्तर जारी राख्दै
कर्तव्यपथमा लाग्नुछ
फिर्ता ल्याउन मेराे पटकन

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...