32.9 C
Mahendranagar

कोरोनाका कारण १४९ बर्ष पछी रोकियो जौलजीवि मेला

  • 11
    Shares

दार्चुला:  कोभिड–१९ को सङ्क्रमका कारण १४९ वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो पटक आयोजना भएन् । भारत पिथौरागढको पिथौरागढ जोलजीविमा हरेक वर्ष १४ नोभेम्बर अर्थात कात्तिक २९ गतेबाट ऐतिहासिक जौलजीवि शुरु हुने गरेको थियो । काली र गोरी नदीको संगमस्थलमा १८७१ मा अस्कोटका तत्कालिन राजा पुष्कर पालले ज्वालेश्वर मन्दिर स्थापना गरेर मेलाको शुरुवात गरेका थिए । सानो मन्दिर स्थापना गरेर शुरु भएको मेला अहिले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक स्थलका रुपमा चिनिएको छ । 

विसं १९६२ भन्दाअघि यो मेलामा तिब्बती व्यापारी आउने गर्दथे । भारत–चीन युद्धपछि तिब्बती व्यापारी जौलजीवि आउन छाडेका हुन् । स्थानीय व्यापारीले तिब्बतबाटै ल्याएका मालसामान मेलामा बिक्री गर्दै आएका छन् । यो पटक कोरोनाका कारण दुवैतर्फ मेला नलगाउने निर्णय भएको मालिकार्जुनवडा नं ७ का वडाअध्यक्ष लोकेन्द्रसिह धामीले जानकारी दिए ।  

पछिल्लो समय स्थानीय सरकार आएपछि नेपालतिर पनि ऐतिहासिक मेला लाग्दै आएको थियो । नेपालमा औपचारिक रुपमा मंसिर १ गतेबाट मेला लाग्ने गरेको थियो । भारतमा ऐतिहासिक रुपमा यो मेला दुई सातासम्म लाग्ने गरेको थियो ।

  • 11
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...