32.9 C
Mahendranagar

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै नायिकामाथि चक्कु प्रहार

  • 2
    Shares

टेलिभिजनकी नायिका मालवी मल्होत्रामाथि चक्कु हमलाका आरोपी योगेश महिपाल सिंहसम्म पुग्न मुम्बई प्रहरी सफल भएको छ । प्रहरीले सिंहलाई घाइते अवस्थामा फेला परेका हुन् । उनलाई प्रहरी निगरानीमा एक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि प्रहरीले उनलाई पक्राउ गर्नेछ ।

प्रहरी अधिकारीका अनुसार आरोपी सिंह मंगलबार राति छिमेकी पालघर जिल्लाको वसईस्थित एक अस्पतालमा भर्ना भएका थिए । मालवीमाथि हमला गरेपछि उनले पनि आत्महत्याको प्रयास गरेको आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि प्रहरीले गरेको छैन । हमलापछि पछि आरोपी सिंह आफ्नो कारमा फरार भएका थिए । उनलाई अस्पतालमा फेला पारेपछि प्रहरीको एक टोली पुगेर उनीसँग सोधपुछ गरेको थियो ।अभिनेत्री मालवीका अनुसार आरोपीले कथित रुपमा सोमबार राति मुम्बईको बर्सोवा क्षेत्रमा पेट र दुई हातमा चक्कु प्रहार गरेका थिए । उनी गम्भीररुपमा घायल छिन् । उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको जाँचमा योगेशले यो हमला एकतर्फी प्रेमका कारण गरेको खुलेको छ । प्रहरीलाई मालवीले आफूले सिंहलाई पछिल्लो एक वर्षदेखि चिनेको र उनी आफूसँग विवाह पनि गर्न चाहेको बताएकी छन् । तर, उनले सिंहको प्रस्ताव अस्वीकार गरेकी थिइन् । वर्सोवा प्रहरीका अनुसार आरोपी सिंहविरुद्ध ३०७ (हत्याको प्रयास) सहित विभिन्न भारतीय दन्ड संहिताको धाराअनुसार एफआईआर दर्ता गरिएको छ ।

दैनिक भास्कर

  • 2
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...