32.9 C
Mahendranagar

नेपाल टेलिकमको फेस्टिभल अफर सार्वजनिक

  • 2
    Shares

काठमाडौ – नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराएकाे छ । याे याेजना बिहीबारदेखि ९० दिन लागू हुने टेलिकमले जानकारी दिएकाे छ ।

यसैगरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफरलाई फेस्टिभल अफर उपलब्ध गराएको छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएकाे कम्पनीले जनाएकाे छ । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको टेलिकमले जनाएको छ । अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध छ । यसअन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने भएकाे छ।

यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेशन प्रयोग गर्न सकिने एक जिबी डाटासमेत खरिद गर्न सकिने छ । यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब त्यही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइएको छ । त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने भएको छ । पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत् राखिएका छन् ।

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनै पनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी उपलब्ध हुने भएको छ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने भएको छ ।वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिलेभन्दा बढी हुने भएको छ । यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब त्यही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुने भएको छ ।

फेस्टिभल अफरका रुपमा दशैँ/तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइने भएको छ । यसमा रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने छ । रिचार्जकार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ देखि १०० रुपैयाँ रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँ रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिने भएको छ । एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने छ ।

यसैगरी, रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुने छ । साथै, रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार हजार वा त्यसभन्दामाथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने छ ।

  • 2
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...