31.1 C
Mahendranagar

नेताजीका गाला

  • 63
    Shares

*रमेश पन्त मीतबन्धु
उहिले नेताजीका गाला भाेकाएका काला
गणतन्त्रमा टमाटरझै यिनका राता गाला
अान्दोलनमा नेताजीका लुगा फुस्रा टाला
अाज हेर्दा भरिएका यिनका सुनका डाला।।
गाउँ सहर जताततै यिनकै वाेल वाला
चुनाव जित्याे घाँटीभरी सयपत्रीका माला
उहिले थियाे मैलाे कपाल लामाे कालाे दाह्री
अहिले कालाे टल्केकाे छ नेताजीकाे गाडी।। लकडाउनमा जनतालाई लाउन खान भारी
नेताजीकाे श्रीमतीलाई हङकङको सारी
जित्नेलाई मालामाल हार्ने छटपटाउँछ
हिस्सा माग्न हात थाप्दै हार्ने बडबडाउँछ।।
हिजाेसंगै हिड्ने अाज बाेल्दैनन् पिटिक्क
खान पाए सबै ठिक्क नपाएमा दिक्क
काे हाे जाती काे हाे जाली छुट्ट्याउनै गाह्रो
नेपाल अामा भन्देउ अब हाम्लाशई पर्याे साह्रो ।।
सत्ता पायो भत्ता खायो भुँडी भर्याे टन्न
कराेड अर्ब कति घिच्याे कल्ले सक्छ भन्न
अाफु नेता पत्नी नेता नेता लालाबाला
सत्ता चढ्न ठाेकिदियाे सिद्धान्तलाई ताला।।
हिजाे उनकी श्रीमतीले रुखाे तिखो खान्थिन्
अाज उनी मार्सिकाे भात मात्रै निकाे मान्छिन्
जनताले चन्दा उठाई कति नेता पाले
तिनै अाज खान थाले जनताको भाले।।
रातारात धनी हुने यिनका ज्वाइ साला
विना काम विना पेसा याे गजबकाे चाला
भाेट माग्ने वेला सबै देश बनाउँछाै भन्ने
बिग्र्याे चाल सुध्र भन्दा नसुन्ने नगन्ने।।
बैरी राेग काेराेनाले मान्छे क्वारिन्टिनमा
दस अर्बकाे बिल अायाे मात्र नब्बे दिनमा
भ्रष्टाचार सडकभरि त्यस्तै छ बनभरि
सत्तरी कराेड कम भाे भन्ने गर्दैछ मनपरि।।
अन्धा कानून बाटो बिर्सि न्यायलाई ताेड्दैछ
स्वास्नी मार्ने हत्यारालाई अदालत छाेड्दैछ
न त न्याय दिन सक्यो चेली निर्मलालाई
निर्दाेष सावित भए उनै सबुत प्रमाण जलाई।।
ल्याप्चे लाउने सुकेका पेट भए मन्त्री सांसद
हसुर्दैछन् भाेकाएर कल्ले खायाे भन्छस्
भाग्यमानी गाेठबाट सिधै भाेट पाए
जितेपछि कस्काे डर अाज देशै खाए।।
सुन काण्डमा सुनै खायाे नुन काण्डमा नुन
बिर्स्याे अाज हाम्रो नेता दुई तिहाईकाे गुन
हेर्दाहेर्दै मुठ्ठीभरलाई समाजवाद अायाे
गरिखाने चेपाङकाे बस्ती उजाडियाे।।
रुकुमका जस्ता काण्ड किन राेकिदैन
बलात्कारी हत्यारालाई गाेली ठाेकिदैन
मान्छे पिच्छे कानुनकाे व्याख्या अाफ्नै खाले
देश बनाउने नेताजीले याे के गर्न थाले।।
स्यालै जस्ता लाग्न थाले हेर्दा सालाखाला
यस्साे बुझ्दा भित्र बाहिर ठिक छैन है चाला
लुगा हेर्दा रसियन छअमेरिकन छ छाला
पन्यु तताई डाम्ने हाे कि अब यिनकाे गाला।।
संघियता गणतन्त्र यिनलाई खुबै फल्याे
यिनको सान साैकत देखि निर्धाे मुर्छा ढल्याे
नक्सा काेर्याै राम्रो गर्याै जन्ताले भन्दैछ
जमिन कहिले फिर्ता अाउँछ अा‌ैलामा गन्दैछ।।
सबै मिलि चाँडो ल्याउ हाम्राे भूमि फिर्ता
पडाैसिलाई भन हैन तिम्रा बाउकाे बिर्ता
वर्षमा सय चाेटि विदेश सयर गर्थे यिनी
काेराेनाका लाग्दा यतै खान्छन् बेसार चिनी।।
याे काेराेनाकाल झनै ब‌ैरी भयाे हाम्रो
नेताजीलाई खाने निहुँ यिनकै लागि राम्रो
राेगले कम भाेक बढी मर्लान जस्तो अब
हाम्रा प्यारा नेताजीलाई फिर्छ बुद्धि कब।।
राम्रा पनि नराम्राले मस्त पिसिएका
राताे कालाे दुईटै रानी संगै मिसिएका
कुरा लाए हजुर बालाई रिसले अागाे भए
फाेर्छु अब शीर भनी लाैराे खाेज्न गए।।
झाेले नेता खाेले नेता सानाठूला कति
कति काेर्ने यिनका चाला जति खाेज्याे त्यति
भयाे अब यत्ती भन्छु अर्काे भाेटमा ठ्याम्म
भ्रष्ट प्यारा नेताजीलाई सिस्नाेपानी झ्याम्म।।

  • 63
    Shares

ताजा समाचार

विप्लव,वैद्य र बावुरामलाई प्रचण्डको सन्देश

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन...

नेपाली नगएपछि भारतीय व्यापारीको बिजोग

बैतडी : लामो समयदेखी सिमानाका बन्द हुदा भारतीय सिमावर्ती शहरहरुको कारोबार ठप्प छ । नेपाली ग्राहकमा अश्रीत नेपालसंग सिमा जोडिएका भारतीय बजारमा...

ठुलो दूर्घटनाबाट जोगियो बस

महेन्द्रनगर : भिमदत्त राजमार्ग अन्तरगत गोगनपानीमा एक बस ठुलो दुर्घटनाबाट जोगिएको छ । बझाङबाट काठमाडौंतर्फ जादै गरेकोे ना ६ ख १७३४...

२४ घण्टामा थपिए १९ सय ११ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रदेश प्रमुखको नीजि सचिवालयलय एक विज्ञप्ती...