25.7 C
Mahendranagar

प्रलेस कञ्चनपुरले मनायो गाईजात्रा

  • 68
    Shares

महेन्द्रनगर,२१ साउन
प्रगतिशील लेखक संग कञ्चनपुरले कोरोना कहरका बिच यस वर्षको गाईजात्रा मनाएको छ ।
सुदूरपश्चिमको हास्य व्यङ्ग्य बिधामा कलम चलाउने स्रष्टाहरुलाई हौसला प्रदान गर्न र सामाजिक विकृति र विसंगति विरुद्ध तिखो कटाक्ष प्रहार गर्दै भर्चुअल रुपमा गाईजात्रा मनाइएको हो ।
समाजलाई सहि तथा बैज्ञानिक दिशा निर्धारण गर्ने थोपाको रुपमा भए पनि टेवा पु¥याउने उद्देश्य बमोजिम प्रलेस कञ्चनपुरको आयोजनामा गाईजात्राको अवसर पारी भर्चुअल रुपमा अनलाइनमा जुम एपका माध्यमबाट हास्यव्यङ्ग्य विशेष रचनावाचन कार्यक्रम गरिएको प्रलेस कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धुले जानकारी दिए ।
प्रलेस कञ्चनपुरका पूर्व अध्यक्ष चन्द्रकला पन्तको अध्यक्ष्यता, प्रलेसका केन्द्रीय सचिव बाबुराम आचार्यको प्रमुख अतिथ्यता तथा प्रलेस सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष जनक रसिकको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्पन्न गएिको छ ।
कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरूले रचनावाचन गरेका थिए । प्रशेस कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धु तथा सचिव धर्मानन्द भट्टले प्राविधिक कार्यक्रम रुपमा संचालन गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका हास्यव्यङ्ग्यकार डम्बर शर्मा वडू (कञ्चनपुर ),धर्मराज जोशी (बैतडी ) , प्रभाकर भण्डारी (डोटी), नारायण लम्साल (कञ्चनपुर ) को बिशेष प्रस्तुति रहेको थियो।प्रमुख अतिथि र विशिष्ट अतिथिको रचनावाचन गरेका थिए ।
कार्यक्रमका प्रलेस कास्की जिल्ला अध्यक्ष नारायण मरासिनी ,प्रलेस कैलाली जिल्ला अध्यक्ष तिलक बहादुर सिह,कञ्चनपुर जिल्ला कमिटी सल्लाहकारद्वय वीरबहादुर चन्द “विश्राम “तथा हरिश प्रसाद जोशी “प्रफुल्ल“,प्रलेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु जगदीश ओझा ,गंगाप्रसाद रिजाल ,जयदेव जोशी“ दारचुले“ तथा तीर्थराज भट्ट (डोटी,हाल कैलाली ),सिद्ध नारायण आचार्य (कैलाली ) , इन्दु धामी(दार्चुला,हाल कञ्चनपुर ),प्रेम प्रकाश कलौनी(कञ्चनपुर ),प्रचण्ड भाष्कर (बैतडी ,हाल कञ्चनपुर ),भरत महरा(बैतडी ,हाल दोलखा ),मेघनाथ खनाल (कैलाली ),भान सिह धामी (कैलाली ),चिना नेपाली (कञ्चनपुर ),मिना कुवँर (कञ्चनपुर ),नरेन्द्र देव विष्ट, निर्मल सुवेदी ,योगराज आचार्य, हरिस जोशी “कान्छो“(बझाङ ), रिचा विष्ट, तुलसी लेखक लगायतका स्रष्टाहरु सहभागी थिए ।
अधिकांश स्रष्टाहरुले राष्ट्रियता ,जनजिविका संग सम्बन्धित सिर्जनाहरु वाचन गरेका थिए भने ,कैयनले वर्तमान विकृत राजनीतिक परिदृश्य,समाजिक विकृति तथा विसंगतिमाथि व्यङ्ग्य प्रहार गर्दै असन्तुष्टि पोखेका थिए ।

  • 68
    Shares

ताजा समाचार

दिनको ८० रुपैयाँमा काम सुरु गरेका खुनाले अहिले १६ जनालाई रोजगारी दिए

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीका दीपक खुना २०६३ सालमा एसएलसी परीक्षामा अनुत्र्तीण भएपछि केही दिन तनावमा परे। “त्यो बेलाको एसएलसी फेल भए घरबाटै पढेर...

विप्लव,वैद्य र बावुरामलाई प्रचण्डको सन्देश

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन...

नेपाली नगएपछि भारतीय व्यापारीको बिजोग

बैतडी : लामो समयदेखी सिमानाका बन्द हुदा भारतीय सिमावर्ती शहरहरुको कारोबार ठप्प छ । नेपाली ग्राहकमा अश्रीत नेपालसंग सिमा जोडिएका भारतीय बजारमा...

ठुलो दूर्घटनाबाट जोगियो बस

महेन्द्रनगर : भिमदत्त राजमार्ग अन्तरगत गोगनपानीमा एक बस ठुलो दुर्घटनाबाट जोगिएको छ । बझाङबाट काठमाडौंतर्फ जादै गरेकोे ना ६ ख १७३४...

२४ घण्टामा थपिए १९ सय ११ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...