31.1 C
Mahendranagar

मुख्यमन्त्री ज्यु कोरोना नियन्त्रणमा कति खर्च भयो ?

धनगढीः ‘इनफ इज इनफ’ ले सुदूरपश्चिम प्रदेश सरकारसँग कोरोना भाईरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा भएको खर्चको विवरण मागेको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सूचनाको हक प्रयोग गर्दै कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिदै आएको ‘इनफ इज इनफ’ ले खर्च विवरण मागेको हो।

कार्यालयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार लिखित निवेदन दर्ता गरी खर्च सम्बन्धीको सूचना माग गरिएको ‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारले गरेको खर्चको शिर्षक सहितको विवरण, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको खर्चको विवरण, प्रदेशमा क्वारेन्टिनको संख्या र अवस्था, प्रदेश सरकारले खरिद गरेको स्वास्थ्य सामाग्री तथा उपकरणको विवरण, प्रदेशमा सहेका कोरोना परिक्षण प्रयोगशाला र भेन्टिलेटरको संख्या र तिनको अवस्था सम्बन्धी सूचना माग गरिएको छ।

यस्तै दैनिक कोरोना परीक्षणको दर, आरडीटी परीक्षण गरिएको संख्या, कन्ट्रयाक ट्रेसिङका लागि प्रदेश सरकारले परिचालन गरेको जनशक्ति र उनीहरुको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण र प्रदेशका मुख्यमन्त्री, मन्त्री, सचिव र सल्लाहकारहरुलाई दिइएको पारिश्रमिक, भत्ता तथा सुविधाको समेत विवरण माग पनि गरिएको छ।

निवेदन दर्ता गर्नु पूर्व आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी प्रदर्शन गरिएको थियो। ‘इनफ इज इनफ’ का युवाहरुले कोरोना परीक्षणको दर सुस्त भएको भन्दै प्रदेश सरकारको विरोध गरेका हुन्।

ताजा समाचार

दिनको ८० रुपैयाँमा काम सुरु गरेका खुनाले अहिले १६ जनालाई रोजगारी दिए

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीका दीपक खुना २०६३ सालमा एसएलसी परीक्षामा अनुत्र्तीण भएपछि केही दिन तनावमा परे। “त्यो बेलाको एसएलसी फेल भए घरबाटै पढेर...

विप्लव,वैद्य र बावुरामलाई प्रचण्डको सन्देश

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन...

नेपाली नगएपछि भारतीय व्यापारीको बिजोग

बैतडी : लामो समयदेखी सिमानाका बन्द हुदा भारतीय सिमावर्ती शहरहरुको कारोबार ठप्प छ । नेपाली ग्राहकमा अश्रीत नेपालसंग सिमा जोडिएका भारतीय बजारमा...

ठुलो दूर्घटनाबाट जोगियो बस

महेन्द्रनगर : भिमदत्त राजमार्ग अन्तरगत गोगनपानीमा एक बस ठुलो दुर्घटनाबाट जोगिएको छ । बझाङबाट काठमाडौंतर्फ जादै गरेकोे ना ६ ख १७३४...

२४ घण्टामा थपिए १९ सय ११ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...