31.1 C
Mahendranagar

सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने

धनगढी: सुदूरपश्चिममा सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निजि क्लिनिक तथा अस्पतालहरुमा काम नगर्न अनुरोध गरेको हो।

स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काद्धारा जारी पत्रमा भनीएकाे छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरु (विभाग, केन्द्र महाशाखा, परिषद, प्रतिष्ठान) तथा संघ, प्रदेश र स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा समेत संस्था प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजि प्राक्टिस नगर्ने र यदि यस भन्दा अगाडी निजि प्राक्टिस गर्न पूर्व स्वीकृति स्वतः खारेज हुनेछ।’ 

यस्तै सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफु कार्यरत सरकारी संस्थाको नाम निजि क्लिनिक तथा अस्पतालमा लेख्न नपाइने समेत पत्रमा उल्लेख छ।

ताजा समाचार

२४ घण्टामा थपिए १९ सय ११ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रदेश प्रमुखको नीजि सचिवालयलय एक विज्ञप्ती...

दसैंमा टीका लगाउने साइत बिहान १०:१९ बजे

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि...

बेदकोट नगरपालिकाले गर्यो जेष्ठ नागरीकको स्वास्थ्य परीक्षण

महेन्द्रनगर,१५ असोज : कञ्चनपुरको बेदकोट नगरपालिकाले रौतेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ...

लोकसेवाको फर्जी परीक्षा लिएर २१ जनालाई ठग्ने नक्‍कली इन्स्पेक्टर पक्राउ

वीरगन्ज : प्रहरी र निजामति सेवामा जागिर लगाइदिने प्रलोभन देखाएर वीरगन्जमा लोकसेवा आयोगको किर्ते परीक्षा सञ्चालन गर्ने मुख्य योजनाकार सहित ६ जनालाई...