कोरोना संक्रमित स्वास्थ्यकर्मी भन्छन : एउटै पिपीइ सेट १२ दिन सम्म धोएर लगाए

महेन्द्रनगर,३ असार
कोरोना संक्रमित विरामी अथवा सम्भावीत संक्रमण हुन सक्ने व्याक्तिको स्वाव संकलन गर्दा संक्रमित व्याक्तिवाट संक्रमण नफैलिओस भनेर व्याक्तिगत सुरक्षाका लागि पिपिइ सेट लगाउने गरिन्छ ।
पिपिइ सेट एक पटक प्रयोग गरिसकेपछि त्यसलाई डिस्पोजल गनुपर्ने हुन्छ । तर कञ्चनपुरको लालझाडी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले भने एउटै पिपिइ सेट १२ दिनसम्म धोएर लगाए ।
गत चैत्र अन्तीमसाता देखी गाउँपालिकाको क्वारेन्टाइनमा स्वाव संकलनमा खटिएका ती स्वास्थ्यकर्मीलाई गत ३१ गते कोरोना संक्रमणको पुष्टिभयो ।
जेठ २२ गते कोरोना परीक्षणका लागि आफ्नो स्वाब लिइ सेती पा्रदेशीक प्रयोगशाला पठाउँदा कोरोना पोजेटिभ देखिएको ती स्वास्थ्यकर्मीले बताए । गाउँपालिकाको क्वारेन्टाइनमा स्वाव संकलनका लागि जादा पर्याप्त सुरक्षा सामाग्री नहुँदा आफु संक्रमित हुन पुगेको संक्रमित स्वास्थ्यकर्मीको भनाई छ ।
“क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संकलन गर्दागर्दै आफुलाई नै संक्रमण भयो ।” उनले भने–“सुरुमा पिपिइ अभावका कारण एउटै पिपिइ सेट घरमा लगेर १२ दिनसम्म धोएर लगाए ।” गाउँपालिकामा पिपिइ नहुँदा स्वाव संकलन गरेर घर फर्किदा सधै पिपिइ धुने र अर्को दिन पनि पुनःसोही पिपिइ सेट प्रयोग गरी स्वाव संकलनमा खटिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । धोएरै १२ दिनसम्म लगाएको उक्त पिपिइसेट नयाँ आएपछि मात्रै डिस्पोजल गरियो ।
उनले क्वारेन्टाइनहरुमा दिनहुँ आरडीटी, स्वाब संकलन र तापक्रम मापनमा जाँदा डब्लुएचओको मापदण्ड अनुसारका स्वास्थ्य सामाग्री नपाउँदा कोरोना लागेको दुखेसो गरे । हरेक दिन बिहान ७ बजेदेखी बेलुकी अबेर सम्म यहाँका क्वारेन्टाइनहरुमा खटिने गरेको कोरोना संक्रमण पुष्टिपछि होम क्वारेन्टाइनमा रहेका लालझाडी गाउँपालिका–२ कञ्जका ३२ बर्षीय संक्रमितले बताए ।
“स्वाब लिएको नौ दिनपछि मात्रै आफुलाई संक्रमण भएको थाहा पाए ।” उनले भने–“दुई महिनाको अवधीमा पाँच वटा पिपिई मात्रै पाएको थिए ।
गाउँपालिकाको स्वास्थ्य शाखाबाटै एक पटक लगाएको पिपिई धोएर पुनः लगाउँन मिल्छ भनेपछि पहिलो पटक पाएको पिपिई सेट १२ दिनसम्म लगाएको संक्रमित स्वास्थ्यकर्मीको भनाई छ । अहिले होम क्वारेन्टाइनमा बसेर तातो पानी, अदुवा, गुर्जो लगायतको प्रयोग गर्ने गरिरहेको उनले बताए ।
यसअघि कञ्चनपुरको पुर्नबास नगरपालिकामा दुई जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको थियो । पूर्नवास नगरपालिकामा कार्यतर स्वास्थ्यकर्मी जनक धामी भने कोरोनालाई परास्त गरेर घर फर्केका छन ।गत चैत्र देखी क्वारेन्टिाइन र सिमानाकामा खटिएका धामीलाई कोरोना संक्रमण देखिएको थियो ।
फिल्डमा खटिदा सुरक्षा सामाग्री नपाउँदा संक्रमित हुन पुगेको धामीको गुनासो छ । “हामी विना सुरक्षा सामाग्री फिल्डमा खटियौ स्वास्थ्य सुरक्षा सामाग्री नहुँदा नै संक्रमण भएको हो ।” कोरोना परास्त गरेर घर फर्केका धामीले भने–“भएका स्वास्थ्य सुरक्षा सामाग्री पनि गुणस्तरीय थिएनन ।”
उनले राज्यले ग्रामीण भेगलाई वेवास्ता गरेको बताउदै शहरी क्षेत्रमा रहेका ठुला अस्तालहरुमा मात्रै स्वास्थ्य सामाग्री पठाएको बताए ।“गा्रमीण भेगमा धेरै मान्छे भित्रिएका छन यहाँ संक्रमण भएपछि मात्रै शहरका ठुला अस्पताल जानेहुन” उनले भने–“हामी त सिमानाकामा स्वास्थ्य सुरक्षा सामाग्री विनै ज्यान जोखिममा राखेर खटियौ ।”
उनले सुरुवाती चरणमा नयाँ रोग भएकाले पनि केही पा्रविधिक समस्या आएको बताए । लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले सुवाती चरणमा स्वास्थ्य सामाग्रीको अभाव रहेको बताए । “स्वास्थ्य सामाग्री नहुँदा एउटै पिपिइ सेटले काम चलाउनु परेको हो ।” उनले भने–“अहिले पर्याप्त मात्रामा स्वास्थ्य सामाग्रीहरु छन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here